स्वतन्त्र र एकीकृत समाजवादी हुँदै कांग्रेसमा पुगे दीपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंगलबार मनाङेलाई पार्टी प्रवेश गराएको हो । कांग्रेस प्रवेशसँगै उनले मनाङ जिल्ला संयोजकको जिम्मेवारीसमेत पाएका छन् ।

१५औँ महाधिवेशन तयारी समितिका संयोजक एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मनाङेलाई जिम्मेवारी दिएका हुन् । मनाङे यसअघि दुई पटक स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए।

उक्त पार्टी नेकपामा रूपान्तरण भएपछि भने उनी निष्क्रिय रहेका थिए । देउवा साउन २८ गते स्वदेश फर्किँदा मनाङे स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *