बुटवल । लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित टप मझुवा क्षेत्रमा ६ घर बगाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढीले दुई पक्की र चार कच्ची घरमा क्षति पुर्याउँदै पूर्णरूपमा बगाएको हो । बाढीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार तिनाउ नदी तथा आसपासका खोलामा जलस्तर बढेपछि तटीय क्षेत्रमा जोखिम बढेको थियो ।
जोखिममा रहेका बुटवलका विभिन्न तटीय क्षेत्रका करिब २०० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
