मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि हिमपात भएको छ । लगातारको हिमपातपछि लोमान्थाङसहित आसपासका क्षेत्र सेताम्मे बनेका छन् ।
हिमपातका कारण चिसो बढ्नुका साथै स्थानीय जनजीवन प्रभावित भएको छ । हिमपातपछि सडक तथा दैनिक आवतजावतमा समेत असर परेको स्थानीयले बताएका छन् ।
तस्बिर : सुन्दरकुमार थकाली/रासस



