काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेको आह्वानमा सर्वदलीय बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित समसामयिक राजनीतिक तथा राष्ट्रिय मुद्दामा पनि छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।
