काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।
