चीनकाे पाँचौँ चरणको आकस्मिक राहत सामग्री काठमाडाैँमा

काठमाडौँ  । चीन सरकारद्वारा सहयोग स्वरूप उपलब्ध गराइएको पाँचौँ ब्याचको आकस्मिक राहत सामग्री शुक्रबार दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

उक्त राहत सामग्री चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ए ठुलो मालवाहक विमानमार्फत सिधै काठमाडौँ ल्याइएको हो ।

विमानस्थलमा आयोजित एक विशेष संक्षिप्त कार्यक्रमका बिच नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नेपालका लागि चिनियाँ राजदूत डा। चाङ माओमिङ ले उक्त सामग्री हस्तान्तरण गरेक हुन् ।

काठमाडौँस्थित चिनियाँ दूतावासका अनुसार हाल विपद्पछिको उद्धार र व्यवस्थापनलाई चुस्त बनाउन नेपालको सबैभन्दा जरुरी आवश्यकताहरूलाई ध्यानमा राखेर यी सामग्री पठाइएको हो ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा आकस्मिक विद्युत् आपूर्ति कार्यका लागि डिजेल जेनेरेटरहरू, जल उद्धारका लागि आवश्यक पानीमा प्रयोग हुने उद्धार उपकरणहरू, डीएनए परीक्षण उपकरण र रिएजेन्टहरू, शव सुरक्षित राख्नका लागि मर्चरी फ्रीजरहरू र स्वास्थ्य सुरक्षाका लागि मेडिकल प्रोटेक्टिभ मास्कहरू छन् ।

हालै नेपालमा आएको विनाशकारी बाढी, पहिरो र हिमताल विष्फोटनको विपद्पछि चीनले लगातार नेपाललाई ठुलो मानवीय सहयोग प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *