१५ अंकले घट्यो नेप्से

काठमाडौँ । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से १५.४३ अङ्कले घटेको हो । आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज १९२ वटा कम्पनीको शेयर घटेकोमा ७४ वटाको बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयर १५ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । आज ३५२ वटा कम्पनीको १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *