कृष्णभीरमा पहिरो पन्छाउने काम सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना कामदार परिचालन गरी रुख कटानको काम भइरहेको छ ।

पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको छ ।

रुख कटानको काम सकिएलगत्तै निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउन सुरु गरिने उनले बताए । सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *