चितवन । बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा तान्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान थालेको प्रहरीले भिडियोमा देखिएका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका– १ चितवन बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका– ५ चाँदबेला घर भई भरतपुर बस्ने ३८ वर्षीय उमेश चौधरी छन् ।
प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
