काठमाडाैँ । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट बिहीबार ४५ विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेकाे छ ।
बाढी प्रभावित क्षेत्रबाट विभिन्न ६ देशका ४५ विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएकाे छ ।
सेनाका अनुसार भदौ ११ गते बिहानदेखि टिमुरे, धुन्चे तथा मैलुङ क्षेत्रका प्रभावित नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
उद्धार कार्यका लागि नेपाली सेनाका करिब ४ हजार फौज परिचालन गरिएको छ ।
उनीहरूले घाइते तथा प्रभावितको खोजी, उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणको कार्यलाई समन्वयात्मक रूपमा अघि बढाइरहेका छन् ।
रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।
