सगरमाथा आरोही संघको रजत जयन्तीमा सहायक प्रमुख जिल्ला अधिकारी पोख्रेल सम्मानित

काठमाडौं । सगरमाथा सफल आरोहण गरेका आरोहीहरूको संस्था सगरमाथा आरोही संघ स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती समारोहमा निजामती सेवामा कार्यरत सगरमाथा आरोही सुरथ पोख्रेल सम्मानित भएका छन् ।

हाल दोलखा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत पोख्रेलले सगरमाथाको सफल आरोहण गरेका थिए । निजामती सेवासँगै साहसिक पर्वतारोहण क्षेत्रमा समेत योगदान पुर्याएको भन्दै उनलाई संघको रजत जयन्ती कार्यक्रममा सम्मान गरिएको हो ।

सगरमाथा आरोही संघले नेपालका सगरमाथा आरोहीहरूलाई संगठित गर्दै पर्वतारोहण क्षेत्रको विकास, आरोहीहरूको हकहित तथा नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ । रजत जयन्ती समारोहमा सगरमाथा आरोहीहरूको योगदान, पर्वतारोहण क्षेत्रका चुनौती तथा नेपालको पर्यटन प्रवर्द्धनमा आरोहीहरूको भूमिकाबारे समेत चर्चा गरिएको थियो ।

समारोहमा विभिन्न क्षेत्रबाट सगरमाथा आरोहण तथा पर्वतारोहण क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूको सम्मान गरिएको थियो । निजामती सेवामा जिम्मेवारी सम्हाल्दै सगरमाथा आरोहणसमेत गरेका पोख्रेलको सम्मानलाई कर्मचारी क्षेत्रमा साहस, अनुशासन र सेवाभावको उदाहरणका रूपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *