रास्वपाका विभिन्न विभाग प्रमुख मनोनित, प्रवक्तामा जगदीश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न विभाग प्रमुखहरूको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विभाग प्रमुखहरुको टुंगो लगाएको हो । जसअनुसार संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन् ।

त्यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल, अर्थ विभागमा लीमा अधिकारी मनोनित भएका छन् बैठकले पार्टीको प्रवक्ताको जिम्मेवारी पूर्वमन्त्री जगदीश खरेललाई दिएको छ ।

त्यस्तै कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र ननिता यादवलाई मनोनित गरिएको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, भूपदेव शाहसहित ७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *