प्रधानसेनापतिद्वारा पहाडी र आचार्यलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

बुधबार सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमको आयोजना गरी प्रधानसेनापति सिग्देलले उनलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । प्रधानसेनापतिले सोही कार्यक्रममा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई पनि दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *