बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी पेस

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापाले दाबी पेस गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनमा बुधबार थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिमा बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । १०४ सदस्यीय बागमती प्रदेश सभामा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थनसहित थापाले बहुमतको दाबी पेस गरेका हुन् ।

यसअघि इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले दाबी पेस गर्न भदौ ४ गतसम्मको समय दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *