आधिकारिकता विवादमा सर्वोच्चको निस्सा कांग्रेस आपसमा मिल्नका लागि दवाव होः नेता रिजाल

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजन हुन नहुने बताएका छन् ।

सामाजिक संजालमार्फत रिजालले आधिकारिकताका विषमा अदालतले पुरनावलोकनका लागि निस्सा दिएकाले अपसमा मिल्ने मौका भएको बताएका हुन् । उनले भनेका छन्,‘बल्ल अदालतलाई कानुन हेर्न फुर्सत भएछ र निस्सा दिएको छ । हुलमुलमा कब्जा भएको कांग्रेसलाई आपसमा मिल्न यस घटनाले दवाव दिएको हुनुपर्छ ।’

उनले विशेष महाधिवेशनका प्रतिनिधिकाबारेमा विगतमा निर्वाचन आयोग र अदालतले समेत सनाखत नगरेर गल्ती गरेको बताए ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस नेता रूपमा शेरबहादुर देउवासँग कुनै राजनीतिक बैधता र सान्दर्भिकता बाँकी छैन । चुनावका बेला देश छाडेर उनले आफूलाई राजनीतिक प्रक्रियाबाटै अलग राखिसकेका छन् । तथापि, उनलाई सभापतिबाट अपदस्थ गरिएको कार्य विधान र मुलुकको कानुनसम्मत छैन । भृकुटीमण्डपमा आउने को–को हुन् ? महाधिवेशन प्रतिनिधि हुन् कि होइनन् भन्ने सनाखत र स्वतन्त्र पुष्टि न निर्वाचन आयोगले गर्न चाह्यो न त त्यतिबेला हतारमा रहेको सर्वोच्च अदालतले नै तथ्यमा प्रवेश गर्न चाह्यो । बल्ल अदालतलाई कानुन हेर्न फुर्सत भएछ र निस्सा दिएको छ । हुलमुलमा कब्जा भएको कांग्रेसलाई आपसमा मिल्न यस घटनाले दवाव दिएको हुनुपर्छ । ०५४ मा सभामुख रामचन्द्र पौडेल हेलिकोप्टरमा कञ्चनपुरबाट हतार–हतार काठमाडौं आएर गृहमन्त्री खुमबहादुर खड्काको व्यवस्थापनमा एमाले विभाजित गर्दाका दुष्परिणाम राजनीतिमा यद्यपि छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *