पार्टीको संकल्प र अभियान नयाँ ढंगबाट अघि बढाउनुपर्छः महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसले जनताका वास्तविक समस्या र मुद्दालाई आफ्नो एजेन्डाको केन्द्रमा राखेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टीको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहमा महामन्त्री पौडेलले पार्टीले समयअनुसार आफ्ना एजेन्डा र अभियानलाई परिमार्जन गर्न आवश्यक रहेको बताए।

उनले बीपी कोइरालाले राजनीतिक दलले जनताका मुद्दालाई कसरी आत्मसात् गर्न सक्छ भन्ने उदाहरण नेपाली कांग्रेसमार्फत प्रस्तुत गरेको उल्लेख गर्दै अहिले पनि त्यसैको आत्मसमीक्षा आवश्यक रहेको बताए ।

महामन्त्री पौडेलले भने, ‘बीपी कोइरालाले एउटा राजनीतिक दलले जनताका मुद्दाहरूलाई कसरी समेट्न सक्छ भन्ने कुरा नेपाली कांग्रेसको एजेन्डामार्फत देखाउनुभएको थियो। हामीले स्वीकार्नुपर्छ, एजेन्डागत रूपमा भुइँमान्छेका समस्यालाई आज पनि त्यही ढंगले पार्टीमा जोड्न सकेका छौं कि छैनौं भन्ने गम्भीर समीक्षा गर्न आवश्यक छ।’

उनले अहिलेको परिस्थिति विगतभन्दा फरक भइसकेको भन्दै विषयवस्तु परिवर्तन भएकाले पार्टीको संकल्प र अभियान पनि नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

महामन्त्री पौडेलले नेपाली कांग्रेसले भुइँमान्छेका समस्या र सबै नेपालीका सरोकारलाई आफ्नो एजेन्डाका रूपमा अघि सार्ने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *