सप्तरीमा तीन वटा जिपबाट तीन हजार किलो गाँजा बरामद

सप्तरी । सप्तरीमा प्रहरीले तीन हजार किलो भन्दाबढी लागुऔषध गाँजा बरामद गरेको छ । बिहीबार तिलाठी कोइलाडी गाउँपालिका–५ मा हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

प्रहरीका अनुसार बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५२३.६४० किलोग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद गरिएको हो।

घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। यद्यपि, सवारीका चालकहरू भने फरार रहेका छन् । प्रहरीले फरार चालकहरूको खोजी तीव्र बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *