‘नेपो बेबी’ भन्दै शिक्षामन्त्रीविरुद्ध विद्यार्थीहरुको नाराबाजी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलविरूद्ध विद्यार्थीहरुले नाराबाजी गरी प्रदर्शन गरेका हुन् ।

बिहीबार विश्वविद्यालयको ६७ औं वार्षिक दिवसको अवसरमा मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुगेका थिए ।

त्यसक्रममा विद्यार्थीहरुले नेपो बेबी मुर्दावाद, मेरिटोक्रेसी लागू गर जस्ता नारा लगाएका थिए। नाराबाजी गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *