गणेश नेपाली आत्मदाह घटनाको सत्यतथ्य पत्तालगाउन न्यायिक समिति गठन

काठमाडौँ । सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्तालगाउन न्यायिक समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य छन् ।

मुगुका नेपालीले असार २५ गते काठमाडौँ त्रिपुरेश्वरमा महानगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनले असार २६ गते वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *