काठमाडौँ । मंगलबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ७.२५ प्रतिशतले बढेको हो । आज ३४३ वटा कम्पनीको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज एभरेष्ट कलर लिमिटेडको शेयर सर्वाधिक १४.९८ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीले ५५ करोड मूल्य बराबरको शेयर कारोबार गर्यो । कारोबारमा आएकामध्ये १०३ कम्पनीको मूल्य बढ्दा १६२ वटाको घट्यो।
