१९ सयले बढ्यो तोलामा सुन

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० रुपैयाँ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *