शंकास्पद गाडी पार्किङबारे मनिष झाः के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले विभिन्न सञ्चार गृह तथा नेताहरूको निवास अगाडि शंकास्पद रूपमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता झाले यस किसिमको कार्यलाई ’बचपना’ र ’स्तरहीन’ हर्कतको संज्ञा दिएका हुन् । उनले यसमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *