संचारमाध्यमका मूलगेटदेखि गगन थापाको घर अगाडिसम्म गाडी पार्किङ आतंक, जोडिए रास्वपाका नेता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ गरिएको पाइएको छ । सोमबार बिहान थापाको निवासको गेटमा बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेको भेटिएको हो । गाडी क्रेनको प्रयोग गरेर प्रहरीले हटाएको छ ।

थापाको घर अगाडि गाडी पार्किङ गरेका व्यक्ति प्रहरीकै गाडी चढेर गएका स्थानीयले बताएका छन् । आज कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा वपन पार्किङ गरेर गाडी राखिएका थिए । ती गाडी ट्राफिक प्रहरीले हटाएको छ ।

कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ । जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर बिक्रेता एसटी मोटर्सको नामबाट नामसारी नभइनसकेको पाइएको छ ।

जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा हुन् । उनका छोरा रवि केहीसमय अघिमात्रै रास्वपा प्रवेश गरेका थिए । गाडी पार्किङको सर्वत्र विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *