काठमाडौँ । सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से ३०.६० अंकले घटेको हो । आज ३६८ वटा कम्पनीको ४ करोड १७ लाख २५ हजार कित्ता शेयर ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकमका आधारमा आज एनएमबी डिबेन्चर ८.५० प्रतिशत २०८७÷८८ शीर्ष स्थानमा रह्यो।यसले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो ।
२२ कम्पनीको मूल्य बढ्दा २४९ को घट्यो भने ४ को स्थिर रह्यो । बैंकिङ ०.६८, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.७५, अन्य ०.८५ तथा व्यापार २.३० प्रतिशत घटे ।
