प्रधानमन्त्रीसँग एडीबीका अध्यक्ष कान्डाको भेट

काठमाडौँ । प्रधानमन्त्री बालेन साह र एसियाली विकास बैंक(एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका अध्यक्ष कान्डाले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री साहसँग भेटवार्ता गरेका हुन् ।

अध्यक्ष कान्डा प्रधानमन्त्री साहलाई एक्लाएक्लै भेट्ने पहिलो विदेशी हुन् । यसअघि सोमबार अध्यक्ष कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए ।

अध्ध्यक्ष कान्डा नेपाल भ्रमणम रहेका बेला सोमबार नेपाल र एडीबीबीच २५ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यसअघि विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गरेका प्रधानमन्त्रीले एक्लाएक्लै भेट गरेका थिएनन् । उनले अमेरिकी उच्च अधिकारी नेपाल आउँदासमेत भेटेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *