काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सनमा सबैभन्दा महँगा खेलाडी बनेका छन्।
सोमबार काठमाडौंमा सम्पन्न अक्सनमा आठ फ्रेन्चाइज टोलीले कुल ५२ खेलाडीलाई अनुबन्ध गरेका हुन्। ‘ए’ श्रेणीमा रहेका आसिफलाई लुम्बिनी लायन्सले २० लाख रुपैयाँमा अनुबन्ध गरेको हो। यसअघि लगातार दुई संस्करण जनकपुर बोल्ट्सका मार्की खेलाडी रहेका आसिफलाई यस सिजनअघि जनकपुरले रिलिज गरेको थियो।
अक्सनमा विराटनगर किंग्सले सात खेलाडी अनुबन्ध गर्दै ३५ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ। टोलीले रुपेश कुमार सिंहलाई ‘ए’ श्रेणीबाट १५ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
चितवन राइनोजले छ खेलाडी अनुबन्ध गर्दै २६ लाख रुपैयाँ खर्च गरेको छ। टोलीले विवेक कुमार यादवलाई ‘ए’ श्रेणीबाट १५ लाख रुपैयाँमा भित्र्याएको छ।
जनकपुर बोल्ट्सले आठ खेलाडी अनुबन्ध गर्दै ४१ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ। टोलीले त्रित राज दासलाई ‘ए’ श्रेणीबाट १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
कर्णाली याक्सले छ खेलाडी अनुबन्ध गर्दै २६ लाख रुपैयाँ खर्च गरेको छ। टोलीले शुभ कंसाकारलाई १० लाख रुपैयाँ तथा विपिन प्रसाद शर्मा र दीपेन्द्र रावतलाई समान ५–५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
काठमाडौं गोर्खाजले सात खेलाडी अनुबन्ध गर्दै १७ लाख रुपैयाँ खर्च गरेको छ। टोलीको सबैभन्दा महँगो खरिद साहिल पटेल रहे, जसलाई ५ लाख रुपैयाँमा अनुबन्ध गरिएको हो।
लुम्बिनी लायन्सले आसिफ शेखसहित छ खेलाडी अनुबन्ध गर्दै ४४ लाख रुपैयाँ खर्च गरेको छ। टोलीले किशोर महतोलाई १० लाख तथा दुर्गेश गुप्ता र आकाश त्रिपाठीलाई समान ५–५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। लुम्बिनीसँग अब ५ लाख २५ हजार रुपैयाँ बजेट बाँकी रहेको छ।
पोखरा एभेन्जर्सले छ खेलाडी अनुबन्ध गर्दै २६ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ। टोलीले अर्जुन घर्ती क्षेत्रीलाई ‘ए’ श्रेणीबाट १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
सुदूरपश्चिम रोयल्सले छ खेलाडी अनुबन्ध गर्दै २६ लाख रुपैयाँ खर्च गरेको छ। टोलीले दीपक बोहोरालाई १० लाख तथा अनिल खरेल र मिलन बोहोरालाई समान ५–५ लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ।
टोलीगत अक्सन विवरण
विराटनगर किंग्स
- सुजन थपलिया (सी) – ४ लाख २५ हजार
- अपराजित पौडेल (सी) – २ लाख
- प्रतीक श्रेष्ठ (सी) – २ लाख
- रुपेश कुमार सिंह (ए) – १५ लाख
- नरेन साउद (बी) – ५ लाख
- दिलसाद अली (बी) – ५ लाख
- इमरान शेख (सी) – २ लाख
कुल खर्च: ३५ लाख २५ हजार रुपैयाँ
बाँकी रकम: १६ लाख २५ हजार रुपैयाँ
चितवन राइनोज
- अशोक धामी (सी) – २ लाख
- विपिन रावल (सी) – २ लाख
- मौसम ढकाल (सी) – ३ लाख
- गौतम केसी (सी) – २ लाख
- विवेक कुमार यादव (ए) – १५ लाख
- सलाउद्दिन खान (सी) – २ लाख
कुल खर्च: २६ लाख रुपैयाँ
बाँकी रकम: १६ लाख रुपैयाँ
जनकपुर बोल्ट्स
- सन्तोष कार्की (सी) – ३ लाख
- रित गौतम (सी) – ४ लाख २५ हजार
- आशुतोष पाण्डे (सी) – २ लाख
- विशाल सुस्लिङ (सी) – २ लाख
- अभिषेक तिवारी (बी) – ५ लाख
- विशाल कुमार पटेल (बी) – ५ लाख
- त्रित राज दास (ए) – १५ लाख
- अमर सिंह रौतेला (बी) – ५ लाख
कुल खर्च: ४१ लाख २५ हजार रुपैयाँ
बाँकी रकम: २५ लाख रुपैयाँ
कर्णाली याक्स
- सूर्य तामाङ (सी) – २ लाख
- विपिन प्रसाद शर्मा (बी) – ५ लाख
- शुभ कंसाकार (बी) – १० लाख
- सचिन शर्मा (सी) – २ लाख
- दीपेन्द्र रावत (बी) – ५ लाख
- दिवान पुन (सी) – २ लाख
कुल खर्च: २६ लाख रुपैयाँ
बाँकी रकम: १६ लाख रुपैयाँ
काठमाडौं गोर्खाज
- प्रशिद्ध जैसी (सी) – २ लाख
- दयानन्द मण्डल (सी) – २ लाख
- सोनु देवकोटा (सी) – २ लाख
- कृष्ण पौडेल (सी) – २ लाख
- साहिल पटेल (बी) – ५ लाख
- देव शाह (सी) – २ लाख
- सूर्यांशु कोइराला (सी) – २ लाख
कुल खर्च: १७ लाख रुपैयाँ
बाँकी रकम: १७ लाख रुपैयाँ
लुम्बिनी लायन्स
- अरनिको प्रसाद यादव (सी) – २ लाख
- दुर्गेश गुप्ता (बी) – ५ लाख
- आकाश त्रिपाठी (बी) – ५ लाख
- आसिफ शेख (ए) – २० लाख
- किशोर महतो (बी) – १० लाख
- अजय चौहान (सी) – २ लाख
कुल खर्च: ४४ लाख रुपैयाँ
बाँकी रकम: ५ लाख २५ हजार रुपैयाँ
पोखरा एभेन्जर्स
- सनी बीके (सी) – २ लाख
- विवेक राना मगर (सी) – २ लाख ७५ हजार
- सुदिप अर्याल (सी) – ३ लाख
- अर्जुन घर्ती क्षेत्री (ए) – १५ लाख
- प्रतीक पोखरेल (सी) – २ लाख
- विपिन आचार्य (सी) – २ लाख
कुल खर्च: २६ लाख ७५ हजार रुपैयाँ
बाँकी रकम: १८ लाख ७५ हजार रुपैयाँ
सुदूरपश्चिम रोयल्स
- सचिन भट्ट (सी) – २ लाख
- अयुब चन्द (सी) – २ लाख
- अनिल खरेल (बी) – ५ लाख
- दीपक बोहोरा (बी) – १० लाख
- मिलन बोहोरा (बी) – ५ लाख
- टेक रावत (सी) – २ लाख
कुल खर्च: २६ लाख रुपैयाँ
बाँकी रकम: १६ लाख ५० हजार रुपैयाँ
