नयाँ सदस्यता वितरणका लागि कांग्रेसले ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । आसन्न १५औँ महाधिवेशनका लागि नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरणका लागि असार २० गतेसम्म सम्बन्धित जिल्लामा बस्न भनिएको छ । नयाँ सदस्यता वितरण गर्दा ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न कार्यादेश दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *