काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी चितवन गएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र साह काठमाडौँ फर्किएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनी आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ फर्किएका हुन्।
प्रधानमन्त्री साहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए भने मंगलबारको बन्दसत्रमा सहभागी भएका थिए।
महाधिवेशनबाट साह वरिष्ठ नेता निर्वाचित भएका छन्। चितवनमा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए।
