रास्वपाको सभापतिमा रवि लामिछानेको उम्मेदवारी, प्रस्तावकमा बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

सभापति पदमा वर्तमान सभापति रवि लामिछानेले उम्मेदवारी दिने भएका छन् । उनको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह बसेका छन् ।

रास्वपाको निर्वाचन कार्यविधिअनुसार सभापति पदमा उम्मेदवारी दर्ता गर्न एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *