यस्तो छ रास्वपाको ‘अर्थ-राजनीतिक प्रस्ताव’ (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ‘अर्थ–राजनीतिक प्रस्ताव’ प्रस्तुत गरेका छन् । मंगलबार चलिरहेको बन्द सत्रमा ८ पृष्ठ लामो प्रस्तावना प्रस्तुत गरेका हुन् ।

वाग्लेले पेस गरेको प्रतिवेदनमा संख्या पुगेको दिन संविधान परिमार्जन गर्ने उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘हाम्रो संख्या र सामथ्र्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौँ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं ७५३ को संख्यामा एक तिहाइ कटौती, प्रदेश सभाको खारेजीसहित सङ्घीयताको पुनर्संरचना, न्यायपरिषद्लगायत अन्य संवैधानिक अङ्गहरूको आमूल सुधार, मान्यताप्राप्त राजनीतिक दलको पारदर्शी कोषभरणजस्ता शासकीय सुधारका एजेन्डा रास्वपाले बहसका लागि प्रवेश गराइसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *