काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भेर्डेले बराबरी खेलेका छन् । सोमबार बिहान भएको खेलमा उरुग्वे र केप भेर्डेले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
मियामी स्टेडियममा भएको खेलमा उरुग्वेको लागि म्याक्सी अरौजो र अगुस्टिन कानोब्बियोले समान एक/एक गोल गर्दा केप भेर्डेको लागि केभिन पिना र हेलिओ भारेलाले समान एक/एक गोल गरे । खेलको २१ औँ मिनेटमा पिनाले गोल गर्दै केप भेर्डेलाई शुरुवाती अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा अरौजोले गोल गर्दै १-१ गोलको बराबरीमा ल्याए ।
इन्जुरी समयको छैटौँ मिनेटमा कनोब्बियोले गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा भारेलाले गोल गर्दै केप भेर्डेलाई २-२ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै उरुग्वे र केप भेर्डे दुई खेलबाट समान दुई/दुई अंक जोड्दै समूह ‘एच’को क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
