फिफा विश्वकप : मोरोक्कोसँग रोकियो ब्राजिल

एजेन्सी । पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप-२०२६ को पहिलो खेलमै मोरोक्कोसँग बराबरीमा रोकिएको छ । आइतबार बिहान भएको खेलमा ब्राजिलले मोरोक्कोसँग १-१ गोलको बराबरी खेल्दै अंक बाढेको हो ।

मेटलाइफ स्टेडियममा भएको खेलको २१ औँ मिनेटमा ब्राहिम डियाजको पासमा इस्माएल सैबारीले गोल गर्दै मोरोक्कोलाई शुरुवाती अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा ब्रुनो गुइमारेसको पासमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा एलिसनले डबल सेभ गर्दै ब्राजिलको हार टारेका थिए ।

बराबरीसँगै समूह ‘सी’मा रहेका दुवै टोलीले एक/एक अंक बाढेका छन् । अब आजै हुने समूहको अर्को खेलमा स्कटल्याण्ड र हाइटी भिड्नेछन् । बोस्टन स्टेडियममा हुने खेल ६:४५ बजे शरू हुनेछ ।

आजै राति भएको समूह ‘बी’को खेलमा कतार र स्विट्जरल्याण्डलेपनि १-१ गोलको बराबरी खेलेका हुन् । स्विट्जरल्याण्डलाई पहिलो हाफको १७ औँ मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै अग्रता दिलाएपनि दोस्रो हाफको इन्जुरी समयमा बोउलेम खोउखीले गोल गर्दै कतारको हार टारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *