ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने निर्णयविरूद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

शुक्रबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै पूर्ण सुनुवाइको लागि पेस गर्न आदेश दिएको हो । सरकारले विभिन्न ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट भवानी दाहालले रिट दायर गरेकी थिइन् । रिटमा निर्णयलाई कार्यान्वयन नगर्न आदेशको माग गरेका थिए ।

वैशाख २८ गते भएको प्रारम्भिक सुनुवाइमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा संवैधानिक इजलास गठन भएको थियो । उनीसहित न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसमा न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीले भने फरक मत राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *