प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि विपक्षीले विरोध गरेका छन् । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् । सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठेका थिए ।

त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए । प्रधानमन्त्रीले सदनमा बोल्ने क्रममा नेपालले भारतको भूमि मिचेको बताएपछि विपक्षीले त्यसको जवाफ खोजिरहेका छन् । उनीहरुले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *