सुदूरपश्चिममा नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसतर्फबाट  नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमध्ये बिक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।

बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ त्यस्तै मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री नियुक्त भएका छन्। यस्तै, जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *