नाननिङ । दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझाउ सहरमा रहेको सुँगुर प्रजनन फार्ममा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय अग्नि तथा उद्धार अधिकारीहरूका अनुसार आगलागी आइतबार साँझ करिब ५ः२० बजे सुरु भएको थियो । आगो नियन्त्रणमा लिइसकिएको भए पनि घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरिएको छ ।
अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक चरणमा कारण स्पष्ट नभएको र विस्तृत अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ ।
