एसियन गेम्स छनोट फाइनल : आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । एसियन गेम्स पुरुष छनोटको फाइनल खेलमा आज नेपाल र हङकङ भिड्दैछन् । सिंगापुरस्थित सिंगा ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । दुवै टोली प्रतियोगितामा अपराजित रहेका छन् ।

नेपालले पहिलो खेलमा चीन र दोस्रो खेलमा मलेसियालाई क्रमशः २ सय २१ र १ सय ६७ रनले हराउँदै प्रतियोगिताको शुरुवात गरेको थियो । यस्तै आइतबार भएको सेमिफाइनल खेलमा ओमानमाथि ८ विकेटको एकपक्षीय जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गरेको थियो ।

यता हङकङले पनि पहिलो खेलमा सिंगापुरलाई ९ विकेट र दोस्रो खेलमा ओमानलाई १ सय ५४ रनले हराएको थियो भने सेमिफाइनलमा मलेसियालाई ६ विकेटले पाखा लगाएको थियो ।

दुई टोलीबीच भएको पछिल्लो १२ खेलमा दुवै टोलीले पाँच/पाँच खेल जित्दा दुई खेल रद्द भएको छ । यसघि नेपाल र हङकङ सन् २०२४ मा भएको एसीसी प्रिमियर कपको तेस्रो स्थानको लागि भएको खेलमा आमने-सामने भएका थिए । उक्त खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको थियो । त्यसैले नेपाललाई आज उक्त खेलको बदला लिने अवसर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *