काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताएका छन् ।
शुक्रबार भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारेकाे अभिव्यक्तिप्रति सोधिएको प्रश्नमा उनले परराष्ट्र मामिला पार्टीपिच्छेको नहुने भएकाले परराष्ट्र मन्त्रालयको धारणानै आधिकारिक हुने बताएका हुन् ।
“सरकारका प्रमुख प्रधानमन्त्री भएका हिसाबले आफूले बोलेको कुरा सरकारले त्यसको बारेमा के कसो हो भनेर परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्ति नै जानकारी गराइसकेको छ,” उनले भने, “त्यो नै सरकारको आधिकारिक धारणा हो ।”
परराष्ट्रले उक्त धारणा दिइसकेपछि त्यसबारे धेरै बोल्न नपर्ने उनले बताए ।
