एमालेले मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध कानुनी उपचार खोज्ने

काठमाडौँ । नेकपा एमाले जेनजी आन्दोलनकाबारेमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी भदौ २३ र २४ गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेकोमा आपत्ति जनाउँदै आवश्यक परे अदालतसम्म जाने तयारीमा रहेको जनाएका हुन् अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न एमालेले आयोगलाई आग्रह गर्ने भएको छ ।

विज्ञप्तिमा निष्कर्षका रूपमा विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गर्ने उल्लेख छ । मुलुकमा विकसित विभिन्न प्रकारका राजनीतिक, संवैधानिक तथा लोकतान्त्रिक आयामबारे विभिन्न राजनीतिक पार्टी तथा सरोकारवालासँग छलफल, संवाद र सहकार्यमार्फत साझा धारणा निर्माण गर्न वातावरण बनाउने उल्लेख छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *