काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री खनाल दिउँसो २ः३० बजे भारत भ्रमणका लागि प्रस्थान गर्नेछन् । भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी तीनदिने भारत भ्रमणमा जान लागेका हुन् । भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किंदै छन् । परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि बताइएको छ ।
