काठमाडौं । एसियन गेम्स पुरुष छनोट अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेको छ । सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा मलेसियाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
दुवै टोली एक खेल अगावै एसियन गेम्समा छनोट भइसकेका कारण आज समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेलमा चीनलाई २ सय २१ रन र मलेसियालेपनि चीनलाई ९ विकेटले हराएको थियो ।
नेपालको प्लेइङ ११ :- आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह एरी(कप्तान), लोकेश बम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शेर मल्ल
