बंगलादेशसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं । नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिप २०२६ बाट बाहिरिएको छ । बुधबार बेलुकी सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

गोवास्थित जवारहाल नेहरु स्टेडियममा भएको खेलमा बंगलादेशलाई जित दिलाउन ऋतु पोर्ना चक्मा र सगोरिकाले समान एक/एक गोल गरिन् । नेपालको लागि गीता रानाले एक गोल गरिन् । खेलमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुगेको हो । खेलको २३ औँ मिनेटमा गीताले गोल गर्दै नेपाललाई शुरूवाती अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफको इन्जुरी समयमा ऋतुले गोल गर्दै बंगालादेशलाई १-१ गोलको बराबरीमा ल्याइन् । यस्तै दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई फाइनलमा पुर्याएकी हुन् ।

अब बंगलादेशले उपाधिको लागि आज भारत र भुटानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *