ओलीले नेतृत्व नछाड्ने बताएपछि योगेशले सुनाए बुढाको कथा

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्व नछाड्ने बताएपछि कटाक्ष गर्दैै एउटा कथा सुनाएका छन् । बुधबार दिउँसो पार्टीको कार्यक्रममा अध्ध्यक्ष ओलीले पार्टी नेतृत्व नछाड्ने बताएपछि उपमहासचिव भट्टराईले पुरानो प्रसंग स्मरण गर्दै कटाक्ष गरेका हुन् ।

यस्तो छ उपमहासचिव भट्टराईको कथाः

नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनको (जनकपुर)बन्द सत्रमा पार्टीका एकजना वरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो । ‘एकजना बुढा मानिस बसमा चढेछन् । सीट खाली थिए तर ऊनी सीटमा बसेनन् । उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए । बाटो उबडखवाड थियो । बस गुडन शुरु गर्यो । बस घरी दयाँ ढलकिन्थ्यो बुढा मानिस बसको डन्डीलाई बायाँतिर जोडले तान्थे । फेरि बस बायाँ ढलकिन्थ्यो बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे । यही रीतले बस अघि बढी रह्यो । बुुढा मानिस सोही क्रिया गरिरहे । बुढा असिनपसिन भए । बस गन्तव्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्के । बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईंहरु सबै मेरो कारणले बच्नु भयो । यात्रुहरू छक्क परेर सोधे कसरी ? बुढाले सगौरब भने पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाएँ र तपाईंहरू बच्नु भयो । आज मलाई यो कथाको खुब सम्झना भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *