काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक भेटवार्ता सुरु गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँदिल्ली गएका सभापति लामिछानेलाई मंगलबार भाजपा पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ ।
सभापति लामिछाने भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । त्यसक्रममा उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटवार्ता गरेका छन् ।
#WATCH | Delhi: BJP national president Nitin Nabin meets Nepal’s ruling party RSP president Rabi Lamichhane at the BJP headquarters. The Nepali leader is meeting him here under the ‘Know BJP’ initiative. pic.twitter.com/cNrwDjjZ3f
— ANI (@ANI) June 2, 2026
भ्रमणमा क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्ने बताइएको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने बताइएको छ । सभापति लामिछाने सोमबार नयाँदिल्ली गएका हुन् ।
