नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

काठमाडौँ । नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् । वैशाख २१ गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेका हुन् ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाल (धनकुटा) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *