काठमाडौँ । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख धरौटमा रिहा गर्न आदेश दिएको छ । सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरासँग १ लाख धरौटी मागेको हो ।
विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित भन्सार अधिकृतहरूसित ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
