काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्या अर्यालले सीमा समस्या समाधानकाबारेमा सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साहले कूटनीतिक माध्यमबाट समाधान खोजिने बताएका हुन् ।
उनले लिपुलेक लिम्पियाधुरामा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको त्यसको जवाफ आइसकेको बतताए ।
उनले भने, ‘लिपुलेक र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ । अब इतिहासविद्हरूसमेतलाई राखेर टेबलटक गर्ने कुरा छ । इंग्ल्यान्डसँग पनि हामीले कुरा गरेका छौँ ।’
