काठमाडौं । सुकुम्बासीहरुले शुक्रबार काठमाडौँमा प्रदर्शन गरेका छन् । सुकुम्बासीको व्यवस्थापनको माग राख्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा सिठी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।
भूमिहीन सुकुम्बासी र तथा अव्यवस्थित बसोवासीलाई विकल्पविना विस्थापित गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखेका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डोजर होइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेका थिए ।
