राजदूत नियुक्तिको लागि आवेदन माग, यस्तो छ मापदण्ड

काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको लागि आवेदन मागेको छ । परराष्ट्रले ‘ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपाल’ जारी गर्दै राजदूतको लागि आवेदन खुला गरेको हो ।

राजदूतको लागि आवेदन दिने अन्तिम जेठ २२ गतेसम्म तोकिएको छ । नेपालको इतिहासमा पहिलोपटक राजदूत नियुक्तिको लागि खुला दरखास्त आह्वान गरिएको हो ।

परराष्ट्रले चीन, अमेरिका, भारतलगायत १३ देशमा राजदूत नियुक्ति गर्न आवेदन माग गरेको छ । राजदूत हुनको लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरिएको छ । योग्यतामा राजदूतको लागि आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्षको नेपाली नागरिक हुनुपर्नेछ । त्यस्तै मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक उपाधि हासिल गरेको हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *