पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलले बनाएका भवनमा चल्यो डोजर

पोखरा । सार्वजनिक जग्गा संरक्षणको अभियानमा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कङ्ग्रेस र हिमाली सांस्कृतिक परिवार लगायतका संरचनाहरू हटाएको छ । ती संरचनामा महानगरले बिहीबार डोजर लगाएको हो ।

उक्त स्थान खाली भइसकेपछि दुईतर्फी सडक विस्तार गरिने कार्यवाहक नगर प्रमुख मन्जुदेवी गुरुङले जानकारी दिइन् ।

सार्वजनिक जग्गाको संरक्षण गर्ने र खोला क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ महानगरले गत आइतबारदेखि पिर्केखोलाको खोलाघर भा डोजर चलाउन सुरु गरेको थियो । अतिक्रमित संरचना हटाउने यस कार्यलाई महानगरले आफ्नो नियमित अभियानको रूपमा अगाडि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *